नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित

निता फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता  ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् ।

निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका छन् ।

कमेडी भूमिकामा सर्वाधिक रुचाइएका ब्रह्मानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने जीवित कलाकारको गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन् । तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन् ।

ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्डसमेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग ‘​सूर्यवंसम’ गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन् ।

यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर ‘अली’समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।

नेपाल र भारतमा खिचिने ’ह्रस्व दीर्घ’मा धनञ्जय घलानी कास्टिङ डाइरेक्टर छन् । यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन् । फिल्मको हाल स्क्रिप्ट लक भएसँगै प्रि–प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए ।



दशैं पछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ । यो फिल्मलाई संसारकै ठूलो फिल्म सिटी ‘​रामोजी स्टुडियो’मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ९:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया