जमिन प्लटिङका कारण अन्नबाली उत्पादनमा कमी आयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् । बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले नेपाल धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्नहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको उनको भनाइ छ । 

अध्यक्ष ओलीले सहकारीका माध्यम अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए । धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै उनले अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउने कुराले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए । 

कृषिप्रधान देशले खाद्यान्न बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताउँदै अध्यक्ष ओलीले धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद् भएको बताए । लापरबााही र असावधानीका कारण यी गल्ती भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । 
 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया