छापामार शैलीमा पार्टी फुटाइयाे: विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निष्कर्ष निकालेको छ । पार्टी फुटेपछि पहिलोपटक बसेको साे पार्टीकाे केन्द्रीय बैठकले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ ।

बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो । यसले एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ ।’

पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संरचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको बताउँदै उनले पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको स्वीकार गरे ।

छुट्टिएर गएका नेताहरुले छापामार शैली अपनाएको उनको आरोप छ । आफूहरूले ३० गते छलफल गर्ने सोचेको, तर छापामारशैलीमा एकैपटक निर्वाचन आयोगमा दर्ता भएको सूचना पाएको उनले बताए । 

पार्टी फुट्नु दुःखद भए पनि आफूहरू हतास नभएको दाबी गर्दै प्रवक्ता डा. आचार्यले भने, ‘हामीलाई जनताले आशाको रुपमा हेरेका थिए, त्यसमा ठेस लाग्यो । हाम्रो चिन्ता यसमा हो  ।’ 

उज्ज्वल थापा समूहले आरोप लगाएझैँ आफूहरूले पाँचजना केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत पुर्‍याउन नखोजेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १५:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया