‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड

कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् ।

फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ ।

यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । कन्नड फिल्ममा यति धेरै पारिश्रमिक लिने कलाकार कमै मात्र छन् ।

फिल्म ‘विक्रम रोना’ एक हरर एडभेञ्चरस फिल्म हो । फिल्ममा किच्चा एक प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १५:१८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया