दल दर्तापछि रविले भने - एजेण्डा बोकेर जनतामाझ जान सहज हुने भयो

चुनाव चिह्न गोलाकारभित्र घण्टीसहित रवि लामिछाको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

लामिछानेले आज पत्रकार सम्मेलन गरेर आफ्नो पार्टी निर्वाचन आयोगमा, राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । 

पत्रकारसँग कुरा गर्दै आयोगमा दल औपचारिक रुपमा दर्ता भएको र आयोगबाट प्रमाणपत्र पनि पाएको बताए । उनले जनताको बीचमा आफ्ना एजेण्डा बोकेर जान सहज हुने सुनाए ।  

‘राजनीतिक दल दर्ता भएको छ । अब जनताको बीचमा जानुपर्ने हुन्छ, हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना एजेण्डाहरुलाई जनताको माझमा भन्दै जान्छौं,’ उनले भने ।

उनले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनको पार्टीको केन्द्रीय समिति २१ जनाको रहेको छ । 

स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो । 



रविको पार्टीविरुद्ध परेको उजुरीको कुनै औचित्य नभएको भन्दै निर्वाचन आयोगले उक्त उजुरीलाई खारेज गरेको छ ।  



  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १७:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया