पार्टी घोषणा गरेको सात दिनमै वामदेव गौतम निष्कासित, अवसरवादी चरित्र देखाएको आरोप

नेकपा (एकता राष्ट्रिय अभियान) पार्टी घोषणा भएको सात दिनमै वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आवद्ध हामी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले संयोजक गौतमलाई निष्कासित गर्ने निर्णय गरेको हो ।

अभियानमा जोडिएका चार दलको बहुमतले अभियानको संयोजकबाट गौतमलाई निष्कासन गरी सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गरेको हो ।

सतुंगलस्थित एक पार्टी प्यालेसमा अभियानमा आवद्ध पार्टीका प्रमुखहरूको बैठकले ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गर्ने निर्णय पनि गरेको छ ।

गौतममाथि चार राजनीतिक दलहरूलाई सम्मानित व्यवहार नगरिएको, एकलौटी ढंगले अगाडि बढेको लगायत ५ बुँदे आरोप लगाइएको छ ।

गौतममाथि लगाइएका आरोप



१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।



३.जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम  दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधी गरिएको ।

५. सम्पूर्ण  बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

अभियानको केन्द्रीय समिति
१. संयोजक - युवराज सफल
२.  सचिवालय सदस्य - कृष्ण गोपाल बञ्झारा
३. सचिवालय  सदस्य  - मिननाथ देवकोटा
४. सचिवालय सदस्य  - निलकण्ठ पौडेल
५.सचिवालय सदस्य - द्धारिका निरौला मानव
६. सचिवालय सदस्य - गुण बहादुर बञ्झरा
७. सचिवालय सदस्य -  भरत कुमाल
८. सचिवालय सदस्य -  भगवती ढकाल
९. सचिवालय सदस्य - सरस्वती न्यौपाने
१०. सचिवालयस सदस्य - तेज बहादुर कार्की
११. सचिवालय सदस्य - रोशन लामिछाने

  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १८:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया