स्वतन्त्रताका लागि देश छोड्ने निर्णय लिएँः रहफ मोहम्मद

टोरेन्टो- कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनैपर्ने काम भएको बताएकी छन् । 

दुई साताअघि १८ वर्षीया मोहम्मदलाई थाई अध्यागमन अधिकारीहले नियन्त्रणमा लिएका थिए । स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन् । 

परिवारले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन् । टोरन्टो स्टार समाचार पत्रिकासँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले जोखिम माेल्नुपर्ने थियो । मैले गुमाउनुपर्ने केही थिएन ।’ 

“हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ,’ उनले भनिन्, ‘म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ ।’ परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन् । 

उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्यांकक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिंदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी थियो ।





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ९:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया