म अझै रामोसलाई मिस गर्छु : लुका मोड्रिच

स्पेनिस क्लब रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले अझै पनि क्लबका पूर्वकप्तान सर्जियो रामोसलाई सम्झिरहेको बताएका छन् । रोमास गत सिजन फ्रि ट्रान्सफरमा फ्रेन्च क्लब पिएसजी पुगेका थिए । 

‘हामी अहिले फरक क्लबका लागि खेलिरहेका छौं । अझै पनि हरेक दिन एकअर्कासँग कुरा गर्छौं,’ मोड्रिचले भने । स्पेनका अनुभवी खेलाडी रामोसले मड्रिडसँगको आफ्नो दशक लामो सम्बन्ध टुंग्याइसकेका छन् । एक दशकमा उनले रियलका लागि सबै प्रतियोगिता जिते । क्लबमा उनको कप्तानी उत्कृष्ट रह्यो । 

डिफेन्डर रामोसले फ्रान्समा संघर्ष गरिरहेको बेला रियलले भने कार्लो एन्सेलोटीको नेतृत्वमा च्याम्पियन्स लिग जित्दै आफ्नो प्रभाव देखाएको छ । मोड्रिचले यो स्वीकार गरे कि उनी अझै पनि आफ्नो र क्लबका लागि रामोस चाहन्छन् ।

‘तपाईंले देख्नुभएकै छ । धेरै राम्रा टोलीका सफल र भेट्रान सबै खेलाडीको प्रस्थान पीडादायी छ । मैले रामोससँग ९ वर्ष खेले । उनी प्रस्थान गरे,’ मोड्रिडले स्पोर्ट्सकेलाई भने, ‘म मड्रिड आएको दिनदेखि नै उनी मेरो नजिक थिए ।’

‘उनले मलाई रियल मड्रिडमा अनुकूल हुन मद्दतका साथै प्रोत्साहन गरेका छन् । मेरो क्षमतामा विश्वास गरे र हामी राम्रो साथी बन्यौं, हाम्रा परिवारहरू सँगै भए, हामीले सँगै लामो यात्रा तय गर्‍यौं ।’

‘हामी अझै पनि हरेक दिन एकअर्कासँग सन्देशमार्फत कुरा गरिरहन्छौं । म उनीसँग ह्याङ्ग आउट गर्न छुटेको छु, तर फुटबलमा चीजहरू यस्तै छन्’, उनले थपे ।’





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १२:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया