नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन

नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिज अब जुलाई ५ र ६ मा हुने जनाएको छ । 

यसअघि यो सिरिज जुलाई ४ र पाँचमा हुने तालिका थियो । नेपालले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारिएको क्यानले बताएको छ । 

नेपालले स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि क्यानडा भ्रमण गरेको हो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ । 

नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १५:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया