यी हुन् बार्सिलोनाका प्रशिक्षक जाभीको नजरमा नअटाएका ६ खेलाडी

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ६ खेलाडी आफ्नो योजनामा नरहेको बताएका छन् । 

खराब सिजनपछि क्लबलाई नयाँ ढंगले अघि बढाउने प्रयासमा रहेका जाभीले ६ खेलाडी आफ्नो योजनामा नरहेको बताएका हुन् । उनले रिकी पुइग, नेटो, ओस्कर मिगुएजा, क्लेमेन्ट लेङ्लेट, स्यामुएल उम्टिटी र मौसा वागलाई सरुवा हुन जानकारी दिइसकेका छन् । 

२०२२/२३ को सिजनका लागि लागि कम्तिमा पाँच नयाँ खेलाडी अनुबन्ध गर्ने सोचमा रहेका जाभी आफ्नो योजनामा नपरेका खेलाडीलाई बेच्न चाहन्छन् । लेङ्लेटलाई इंग्लिस क्लब टोटेनहम, पुइगलाई सिरी ‘ए’ क्लब फियोरिन्टिना र  पोर्चुगिच क्लब बेन्फिका, उम्टिटीलाई फ्रेन्च क्लब रेनेस, मिगुएजालाई सिरी ‘ए’ क्लब एसी मोन्जाले अनुबन्ध गर्ने चाहना राख्दा नेटो र वागमाथि भने कुनै पनि क्लबले इच्छा देखाएका छैनन् ।  

बार्सिलोना रोबर्ट लेवान्डोस्की, राफिन्हा, मार्कोस अलन्सो, कालिदो कौलिबाली जस्ता खेलाडी भित्र्याउने प्रयासमा छ ।  
 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ११:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया