कोरोना संक्रमणमुक्त भए रोहित शर्मा

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा कारोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लोपटक गरिएको परीक्षणमा उनको कोरोना नतिजा नेगेटिभ आएको हो ।

इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लण्डनमा रहेका रोहितलाई केही दिनअघि कोरोना देखिएको थियो ।

कोभिड देखिएपछि रोहितले इंग्ल्याण्डविरुद्धको जारी पाँचौं तथा टेस्ट गुमाएका थिए । अब भारतले उनको कप्तानीमा इंग्ल्याण्डविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेल्नेछ ।

भारतले घरेलु टोलीसँग समान तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज ७ जुलाई तथा एकदिवसीय सिरिज १२ जुलाईबाट सुरु हुनेछ ।
 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ११:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया