आरोहण–गुरुकुल विराटनगरमा नाटक ‘प्रलय प्रतिक्षा’मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा गत शुक्रबारदेखि कथाकार देवकुमारी थापाको कथामा आधारित नाटक मञ्चन भइरहेको हो ।
अन्धविश्वासको माध्यममार्फत संकटकालीन मनोवैज्ञानिक अवस्थितिलाई नाटकले बोल्ने प्रयास गरेको छ । धीरज राईले नाट्य रुपान्तरण गरेर निर्मल शर्माले नाटक निर्देशन गरेका हुन् ।
आगामी २५ गतेसम्म मञ्चन हुने उक्त नाटकमा प्रदीप दाहाल, अनुशा कटुवाल, दीक्षा चौधरी, अतीत निरौला, संगीता यादव, भरत कार्की, अजय सुवेदी, कञ्चन दास, सुगल अधिकारी, विकास पराजुली, रिया सिग्देल, आयुष कोइराला र निराजन शाहले अभिनय गरेका छन् ।
विराटनगर महानगरपालिकाले प्रवद्र्धन गरेको उक्त नाटक हेर्न दर्शकको उपस्थिति उल्लेख्य रहेको आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटक मञ्चनअघि नयाँ कलाकारलाई सात दिन प्रशिक्षण दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।