७.५७ विन्दुले घट्याे नेप्से

काठमाडौं– धितोपत्र बजारमा आज सेयरको मूल्य ओरालो लागेको छ । मंगलबार उच्च अंकले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर १ हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज २ दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । 

स्टकका अनुसार आज कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४३५ रुपैयाँमा खरिद बिक्री भयो । आज कारोवार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको सेयर मूल्य घटेको छ । 

व्यापार समूह १ दशमलव ८६,जलविद्युत् २२ दशमलव ८३, उत्पादन २ दशमलव ८९ विन्दुले बढेका छन् । बैंकिङ ५ दशमलव २, होटल २ दशमलव ४४, विकास बैंक १ दशमलव ४१, फाइनान्स २ दशमलव ३२, निर्जीवन बिमा ११२ दशमलव १८, अन्य १२ दशमलव ६१, लघुवित्त १५ दशमलव ६८ र जीवन बिमा ७३ दशमलव शून्य ४ विन्दुले घटेका छन् । 

माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभपलर्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साङ्ग्रिला डेभलपमेन्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, श्रीराम सुगर मिलका सेयरधनीले आज कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मिसन डेभपमेन्ट बैंक, बुटवल पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनरका सेयरधनीले आज गुमाएका छन् । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १६:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया