नागरिकता विधेयक : पुरानो फिर्ता गरेर नयाँ दर्ता गर्ने सरकारको तयारी

सरकारले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने भएको छ । मंगलबार साँझ बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकको सहमतिअनुसार सरकारले यस्तो निर्णय गरेको हो।

बैठकमा नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटेको र संशोधित विधेयक बुधबार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी रहेको बताइएको छ । 

यसअघि नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिका बारे दलहरुबीच मत भिन्नता थियो।

राज्य व्यवस्था तथा सुशासन समितिले तीन वर्षसम्म छलफल गरेर संसदमा प्रतिवेदन पुर्याएपछि सरकारले बुधबार नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर अर्को संशोधित विधेयक लैजाने तयारी गरेको हो।

पछिल्लो समय विधेयक पारित गर्ने कोसिस भए पनि सत्ता गठबन्धनभित्रै वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिबारे मतभेद भएपछि सरकार विधेयक नै फिर्ता  लिने निर्णय गरेको थियो।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २१:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया