डिभाेक ओरिगी एसी मिलानमा अनुबन्ध

बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

२७ वर्षीय विंगरले क्लबसँग ४ वर्षको सम्झौता गरेका हुन् । ​ओरिगीले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाडेका थिए । उनले एनफिल्डमा ८ वर्ष बिताए ।​

ओरिगीले लिभरपुलका लागि १७५ खेलमा ४१ गोल गरे । उनले क्लबबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप, एफए कप र लिग कप जितेका थिए ।

बेल्जियमका लागि ३२ खेल खेलेका ओरिगीले तीन गाेल गरेका छन् ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ७:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया