खाली समाजवाद होइन, एड्भान्स समाजवाद ल्याउँछौँ – प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा समाजवाद मात्र नभई एड्भान्स समाजवाद ल्याउने बताएका छन् । 

राष्ट्रिय योजना आयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले खाली समाजवादभन्दा पनि विकसित समाजवादको कल्पना गरेर योजना बनाएकाले व्यापक सहभागितामूलक, समावेशी समाजवाद आउने बताए । त्यस्तो समाजवादमा सुखी नेपाली, समृद्ध नेपालको अवस्था आउने उनको तर्क थियो । 

अबको काम सुशासन र विकास भएको भन्दै ओलीले विकास र समृद्धिका लागि सम्भव महत्वाकांक्षी योजना बनाउन आयोगलाई निर्देशन दिए ।

सरकारले गरेका काम बताउँदा पनि कतिपयले उडाएको भन्दै प्रधानमन्त्री ओलीले सत्य नफेरिनेm बरु त्यस्तो तथ्यांक नै बदल्ने आफ्नो लक्ष्य रहेको बताए । केही दिनअघि संसद्मा उनले प्रस्तुत गरेका आर्थिक विकासका तथ्यांक सही नभएको भन्दै आलोचना भएको थियो । 

‘हामीले परिवर्तन ल्याउनैपर्छ, त्यसका लागि सबैले काम गर्नुपर्छ, मैले संसद्मा बोल्दा डाटा खेलायो भने,’ प्रधानमन्त्री ओलीले भने, ‘ हामी त्यो डाटा खेल्ने होइन, परिवर्तन गर्ने हो, परिचय र पहिचान बदल्ने हो ।’ उनले थपे, ‘हामीले संसारका विद्वान बढी भएको देश बनाउने हो, श्रमिक पठाउने होइन, कन्सल्ट्यान्ट पठाउने हो ।’ 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १९:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया