अर्थमन्त्री प्रकरणबारे चौधरी ग्रुपले भन्यो– बजेट निर्माण प्रकृयामा हाम्रो संलग्नता छैन, छानबिनका लागि तयार छौं

अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा आफूहरूको नाम जोडिएकोमा चौधरी ग्रुपले आपत्ति जनाएको छ । बजेट निर्माण प्रक्रियामा संलग्नता रहेको आरोप लागेपछि चौधरी ग्रुपले यस विषयमा स्पष्ट पारेको हो ।   

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा बिना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेप्रति हामी खेद व्यक्त गर्दछौं,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले फेसबुकमा लेखेका छन्, ‘उहाँहरूले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरूलाई आग्रह गर्दछौँ ।’

उनले बजेट निर्माण प्रकृयामा आफूहरूको संलग्नता भेटिएमा कारबाही भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् । साथै, चौधरीले आफूहरूमाथि आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

‘यस मामिलामा यदि हाम्रो संलग्नता कहीँ कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ चौधरीले लेखेका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १३:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया