अर्थमन्त्री शर्माले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ : प्रदीप पौडेल
फरकधार / २२ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई नैतिकताका आधारमा राजीनामा दिएर सत्यतथ्य छानबिनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमा टिप्पणी लेख्दै अर्थमन्त्री शर्मालाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।



'मन्त्रालयले जवाफ नदिएमा वा चित्तबुझ्दो नभएमा त्यसबारे छानबिन गर्ने जिम्मेवारी राज्यको हो,' उनले भनेका छन्, 'त्यसैले पहिलो, निरन्तर रूपमा चौतर्फी विरोध उठिसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्यतथ्य छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।'



उनले नेकपा माओवादी केन्द्रलाई पनि आफ्नो मन्त्रीलाई फिर्ता बोलाएर छानबिनको मार्गप्रशस्त आग्रह गरेका छन् । उनले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।



'सरकारले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्छ । नेकपा माओवादी पार्टीले आफ्नो मन्त्रीलाई फिर्ता बोलाएर छानबिनको मार्गप्रशस्त गराउनुपर्छ,' उनले भनेका छन् ।



त्यस्तै, अर्थ मन्त्रालयले १३ दिनको मात्र सिसिटिभी फुटेज उपलब्ध छ भन्ने विषयले थप शंका उब्जाएको उनको भनाइ छ । सिसिटिभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै अर्थ मन्त्रालयको जिम्मेवारीबाट उम्किने छुट नभएको उनले बताए ।

राज्यले तोकेको नियम र कानुनविपरीत गएमा जो कोहीलाई पनि कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ । 'राज्यले तोकेको नियम र कानुनविपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्छ,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १४:५:३८,   अन्तिम अपडेट : असार २२, २०७९ बुधबार १४:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया