ब्रेक्जिट
बेलायती प्रधानमन्त्री थेरेसा मेले जितिन् विश्वासको मत, अब नयाँ ब्रेक्जिट योजना बनाउनु पर्ने

एजेन्सी– बुधबार संसदमा भएको निर्वाचनमा बेलायती प्रधानमन्त्री थेरेसा मेले विश्वासको मत जितेकी छिन् । युरोपेली युनियन (इयु)सँग छुट्टिँदा अपनाइने उनको योजनालाई बेलायती संसद्ले केहीअघि अस्वीकार गरेपछि संसद्मा उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरिएको थियो । विपक्षी दलका नेता जेरेमी कोर्बिनले मेको राजीनामाको माग गरेका थिए । उनले ब्रेक्जिटका लागि इयु नेताहरुसँग गरेकाे सम्झाैतालाई संसद्ले खारेज गरिदिएकाे थियाे ।

बुधबार संसद्मा भएको निर्वाचनमा मेको पक्षमा ३२५ र विपक्षमा ३०६ भोट परे । उत्तरी आइरिस दल डेमोक्रेटिक युनियनिस्ट पार्टीका सांसद्ले पनि मेको पक्षमा मतदान गरेपछि उनले यसपटकका लागि प्रधानमन्त्री पद त्याग्नु नपर्ने भएको हो ।

अहिले आफ्नो पद सुरक्षित गर्न सफल भए पनि मेले तत्काल इयुबाट छुट्टिने योजना लागू गर्नु पर्ने हुन्छ । किनकि बेलायत युरोपेली युनियनबाट मार्च २९ सम्ममा पूर्ण रुपमा छुट्टिसकेको हुनु पर्नेछ ।

यसअघि मेले बेलायतमा आम निर्वाचन गर्न गरिएको मागलाई अस्वीकार गर्दै अहिलेको समयमा बेलायतमा आम निर्वाचन गरे सबैभन्दा खराब नतिजाहरु बेलायतले सामना गर्नु पर्ने बताएकी थिइन् ।

संसद्ले इयु नेताहरुसँग गरेकाे सम्झाैताका लागि मेले मागेकाे सहमति खारेज गरेपछि विपक्षी दल लेबर पार्टीका नेता जेरेमी काेर्बिनले संसदकाे विश्वास गुमाइसकेकाे भन्दै मेकाे राजीनामा समेत माग गरेका थिए । त्यसैले उनले अविश्वासकाे प्रस्ताव पेश गरेका थिए ।

बुधबार बेलायती संसदमा ६ घन्टासम्म अविश्वास प्रस्तावमाथि बहस भयाे । त्यसपछि भएकाे मतदानमा मेलाई आफ्नै पार्टीका बागी सांसद्ले, जसले २४ घन्टाअघि मात्र मेकाे इयु नेतासँग भएकाे सम्झाैताविरुद्ध मतदान गरेका थिए, पनि साथ दिए । यही कारण १९ भाेट बढी ल्याएर मात्र मेले आफ्नाे सरकार बचाउन सफल भइन् ।





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया