रेणुकालाई भेट्न अस्पताल पुगे मन्त्री गहतराज, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । 

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री गहतराजले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धतासमेत जनाए । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमै उपचार गराइरहेकी नगरकोटीलाई भेट्न मन्त्री गहतराज बिहीबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुगेका हुन् ।उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया