कीर्तिमानी हिमाल आरोही शम्भु तामाङको निधन

सर्वाधिक कम उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही शम्भु तामाङको निधन भएको छ । क्यान्सरबाट ग्रसित ७० वर्षीय तामाङको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो । 

उनले ५ मे सन् १९७३ मा सगरमाथाको आरोहण गरेका थिए । त्यसबेला उनी १७ वर्षका मात्र थिए । तामाङले स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो ।

तामाङको जन्म २००९ साल, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा भएको हो । उनी पछिल्लो समय काठमाडौंको महाराजगन्ज बस्दै आएका थिए । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १३:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया