संसदमा डिला संग्रौलाको प्रश्‍न - किसानले मल कहिले पाउँछन् ?
फाइल तस्वीर

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल कहिले पाउँछ्न् भन्दै प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद संग्रौलाले किसानले मल कहिले पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेकी हुन् ।

'किसानले मल पाएका छैनन् । किसानले पाउँछन् कि पाउँदैनन्, यदी पाउँछन् भने कहिलेसम्म पाउँछन्, सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु' उनले भनिन् ।

किसान मल नपाएर समस्यामा पर्दा सरकारको ध्यान अन्यत्रै मोडिएको जस्तो देखिन थालेको उनको भनाइ छ । उनले अहिले देशभरि नै बाढी-पहिरोका कारण जनजीवन आक्रान्त बनेको र बाटोघाटो अवरुद्धको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।  

उनले कोरोनाको नयाँ प्रजातिको ओमिक्रोन भेरियन्ट विए डट फाइभ भेटिएको उल्लेख गर्दै रोकथानका लागि सरकार के गरिरहेको छ भन्दै ध्यानाकर्षण गराइन् ।

'बाढी, पहिरो पीडितहरुको राहत तथा उद्धारका साथै प्रकोप न्यूनीकरण गर्न सरकारले के गरिरहेको छ, श्वेतपत्र जारी गर्न माग गर्दछु । कोरोनाको नयाँ प्रजातिको ओमिक्रोन भेरियन्ट विए डट फाइभ भेटिएको समाचार आएको छ । यसको सावधानी र रोकथानको लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,' उनले भनिन् ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १४:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया