तानसेन–बुटवल सडकखण्डमा सुरक्षित यात्राको व्यवस्था गर्न सांसद रानाको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडकखण्ड सुरक्षित रूपमा यातायात सञ्चालन हुनेगरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद उनले सो सडक खण्डमा जुनसुकै बेला पनि सुख्खा पहिरो जान सक्ने, ढुंगा खस्न सक्ने, भाँसिने समस्या रहेको उल्लेख गरे । सरकारले प्राथमिकताका साथ सडक सुधार नगरेको उनको आरोप छ । उनले यो सडकमा सुरक्षित यात्रा गर्ने व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘नेपालका जोखिमयुक्त सडकहरुमध्ये सिद्धार्थ राजमार्गका तानसेन–बुटवल खण्ड पनि एक हो । यहाँ जुनसुकै बेला सुख्खा पहिरो जाने, ढुंगो खस्ने, पहिरो जाने, सडक भाँसिने गरेर प्रत्येक वर्ष सवारी साधन तथा मानवीय क्षति पुर्‍याइरहेको छ,' सांसद रानाले भने, 'उक्त सडक खण्डमा तत्काल पहिरो पन्छाउने, कालोपत्रे गर्ने काम गरी सुरक्षित रुपमा यातायात संचालन गर्ने व्यवस्था गर्न सरकारको ध्यान जाओस् ।’





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १५:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया