प्रेम सुवालले भने - जनार्दन शर्माले ल्याएको बजेट खारेज गरेर नयाँ पेस गरौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् । 

'गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ । अर्थमन्त्रीको पार्टीको गोपनीयता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी छ' उनले भने । 

उनले कांग्रेस नेता शेखर कोइराला आफैँले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाइ आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानबिन गर्नुपर्ने जिकीरसमेत गरे । 

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव दिए । 

उनले भक्तपुरको दुवाकोटा र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १६:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया