मकवानपुरका स्थानीय तहबाटै पासपोर्ट र परिचयपत्रको अनलाइन फारम भर्न पाइने

मकवानपुरमा अब १० वटै स्थानीय तहबाट निःशुल्क रूपमा विद्युतीय पासपोर्टको अनलाइन फारम भर्न मिल्ने भएको छ । 

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले कार्यालयमा अनलाइन फारम भर्नेको भीडभाड बढेको गुनासो आएपछि स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको बताए।  

प्रजिअ पाण्डेले शुक्रबारबाट १० वटै स्थानीय तहमा निःशुल्क रूपमा इ–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने गरि व्यवस्था गरिएको बताए । 

‘मकवानपुरमा दैनिक इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५ सय ४० जनाले फारम भर्न सकिने भन्दै शुक्रबार कार्यालयमा समयमा नै पुगेर स्थानीय तहबाट फारम भर्न सकिनेछ’, प्रजिअ पाण्डेले भने ।
 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १६:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया