प्रचण्डले तेस्रोपल्ट सुनाए पोलिटब्युरो सदस्यको नाम, थपिए ३६ वैकल्पिक सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक पोलिटब्युरोमा रहने सदस्यहरूको नाम पढेर सुनाएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकमा यसअघि अध्यक्ष प्रचण्डले १२५ पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरेका थिए । 

त्यसमा विवाद भएपछि उनले तेस्रो पटक नाम पढेर सुनाएका हुन् । प्रचण्डले तेस्रो पटक पोलिटब्युरो सदस्यका रूपमा १५६ जनाको नाम पढेका छन् ।

उनले १२५ भन्दा पछिका नाम वैकल्पिक पोलिटब्युरो सदस्यको रहेको बताए । बैठकले १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ ।

प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ । 
 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १७:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया