भन्सारमा सामान रोकेर राजस्व लक्ष्य पूरा हुँदैन : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्नका लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनर वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । राजस्व संकलनको लक्ष्य पूरा गर्नका लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए । 

वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने मन्त्री बडूले बताए । छिटो छरितो भएर सुविधा बढ्दै जाँदा राजस्व पनि वृद्धि हुने बताए । चोभार सुख्खा बन्दरगाहलाई गतिशील र पूर्ण रुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न उनले इन्टरमोडललाई निर्देशन दिए । 

चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने बताँदै मन्त्री बडूले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ, रेडियोमार्फत प्रचारप्रसार गर्न पनि निर्देशन दिए । मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताए । 

मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक, अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताए । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १८:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया