सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ । हाइड्रो पावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको हो ।

आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।
 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १०:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया