अनिल कपुरले सामाजिक सञ्जालमा सेयर गरे प्रधानमन्त्री मोदीलाई भेटेको अनुभव

एजेन्सी– बलिउड सुपरस्टार अनिल कपुर आफ्नो फिल्म ‘एक लडकीको देखा तो ऐसा लगा’ का कारण यतिबेला चर्चामा छन् । अनिलले यो फिल्ममा छाेरी सोनम कपुरसँग पहिलोचोटि स्क्रिन सेयर गर्दै छन् । 

फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । यसैबीच अनिल कपुरले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । दिल्लीमा भएको भेटघाटको तस्विर पनि उनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

अनिल कपुर र मोदीको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त फोटो सेयर गर्दै अनिल कपुरले लेखेका छन्, ‘आज मलाई सम्माननीय प्रधानमन्त्री मोदीसँग भेट्ने मौका प्राप्त भयो । यो भेटघाटले मलाई धेरै प्रेरणा प्राप्त भएको छ । उनको भिजन र कार्यशैली निकै प्रभाव पार्ने खालको छ । म उहाँप्रति आभारी छु कि उनले मलाई भेट्ने अवसर दिनुभयो ।’

नरेन्द्र मोदीले अनिल कपुरसँग भेट्नु अगाडि बलिउडका धेरै स्टारसँग भेटिसकेका छन् । यसको सुचीमा करण जोहर, एकता कपुर, रणवीर कपुर, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, आयुष्मान खुराना, राजकुमार राव, भूमि पेडनेकर, रणवीर सिंह र रोहित सेट्टी छन् । जसको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । 

अनिल कपुरको फिल्म ‘एक लडकीको देखा तो ऐसा लगा’ मा अनिल कपुर र सोनम कपुरका अलावा राजकुमार राव र चुही चावला पनि मुख्य भुमिकामा छन् । 

फिल्मलाई सेली चोपडाले निर्देशन गरेका छन् भने विधु विनोद यस फिल्मको निर्माता रहेका छन् । फिल्म फेब्रुअरी १ मा रिलिज हुँदै छ । फिल्मको पहिलो लुक अनिल कपुरको जन्म दिनमा रिलिज भएको थियो । 





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १२:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया