सिन्जो आबेको हत्यापछि शोकमा डुब्यो जापान

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि पूरा जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको हो । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी सहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए । बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो । आक्रमणको साढे पाँच घण्टापछि उनलाई मृत घोषित गरिएको थियो ।

उक्त हत्याको विश्व नेताहरूले निन्दा गरेका छन् । प्रहरीले आबेको हत्याराको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको छ । ‘नारामा यस्तो घटना भएको देखेर म स्तब्ध छु’, डाउनटाउनको रेल स्टेसननजिकै भएको  घटनास्थलमा फूल चढाएपछि ५० वर्षीय गृहिणी नात्सुमी निवाले भनिन् ।  

आबेको हत्यापछि उपनिर्वाचनमा सहानुभूतिको मत बढ्ने आँकलन पनि गरिएका छन् । ‘अब सहानुभूतिको मतले विजयको मतान्तर बढाउन सक्छ’, सल्लाहकार फर्म टेनेओका उपाध्यक्ष जेम्स ब्राडीले भने । आबेको ठूलो प्रभाव रहेको लिबरल डेमोक्रयाटिक पार्टीले धेरै सिट ल्याउने यसअघि नै अनुमान गरिएको थियो ।

आबेको मृत्युले जापानमा सार्वजनिक व्यक्तित्वहरूका लागि सरकारले प्रदान गर्दै आएको सुरक्षाका बारेमा प्रश्न खडा गरेको छ ।  चुनावी मौसममा राजनीतिज्ञहरूले रेल स्टेसनहरू र सुपरमार्केटबाहिर मतदाताहरूलाई प्रत्यक्ष अपील गर्छन् । त्यस्ता क्षेत्र सुरक्षाका दृष्टिले बढी संवेदनशील मानिन्छन् ।

संसदको माथिल्लो सदनका लागि मतदान हुनुअघि चुनावी प्रचारको अन्तिम दिन शनिबार फेरि प्रचार सुरु भएको छ । चुनावमा प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जित्ने आशा गरिएको छ । धेरै पार्टीहरूले शनिबार वरिष्ठ व्यक्तित्वहरूलाई भाषण गर्न रोक्ने प्राप्त विवरणमा जनाइएको छ । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १३:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया