भाजपाअध्यक्ष अमितलाई स्वाइन फ्लु

एजेन्सी– भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई श्वाइन फ्लु लागेको छ । बुधबार राती करिब नौ बजे उनलाई उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । आफ्नो स्वास्थ्यको बारेमा उनले ट्वीट गर्दै जानकारी दिएका थिए । 

उनले ट्वीटरमा लेखेका छन् ‘मलाई स्वाइन फ्लु भएको छ, जसको उपचार भइरहेको छ, इश्वरको कृपा र तपाईहरुको प्रेम तथा शुभकामनाले म छिट्टै स्वस्थ हुन सकुँ ।’

अमित शाहको यो ट्वीट पछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमा उनलाई छिटै ठिक हुने कामना गर्दै ट्वीट गरेका थिए । 

यस्तै केन्द्रीय अर्थमन्त्री अरुणजेट्लीको पनि स्वास्थ्य अवस्था विग्रिएको छ । ६६ वर्षका जेट्ली उपचारका लागि अमेरिका गएका छन् । जेट्ली किड्नीको ट्रान्सप्लान्टपछि नियमित चेकअपका लागि अमेरिका गएका हुन् । 





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १३:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया