जनता समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन ।
वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
बैठकमा हाल पार्टीमा देखिएको अन्तरसङ्घर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश/प्रतिनिधिसभा निर्वाचनको तयारी एजेण्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।