हिमालयन हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

हिमालयन हाइड्रोपावरको आईपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । 

यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल एक अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

कम्पनीले १५ देखि १९ असारसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १६:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया