बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी– स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो लेगमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोनाले सेमिफाइनल यात्रा तय गरेको हो । 

बार्सिलोना पहिलो लेगमा २–१ गोलअन्तरले पराजित भए पनि दोस्रो लेगमा शानदार ३–० गाेलका साथ समग्रमा ४–२ गोलअन्तरले विजयी भएको हो । 

बिहीबार राति भएको खेलमा बार्सिलोनालका लागि औस्मान डेम्बेलेले दुई गोल गरेका थिए । थप गोल भने कप्तान लियोनल मेसीले गरेका हुन् । डेम्बेलेले खेलको ३०औं तथा ३३औं मिनेटमा गोल गरेका हुन् । खेलको ५४औं मिनेटमा मेसीले गरेको गोलसँग बार्सिलोनाले सेमिफाइनल यात्रा पक्का गरेको हो । 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार ११:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया