उद्योगमन्त्री बडू भन्छन्– आर्थिक दृष्टिकोणबाट मुलुकको अवस्था गम्भीर छ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । बुधबार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरू भने भइरहेको बताए । मन्त्री बडूले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलुकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे । उनले सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए ।

‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ, आयात बढिरहेको छ । अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । प्रयत्नहरू धेरै भइरहेको छ,’ मन्त्री बडूले भने, ‘व्यापारघाटा बढ्दो अवस्थामा छ, यो अवस्थालाई ध्यानमा राखेर अहिले मुलुकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ ।’ 

उनले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढीभन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको बताए । ‘यतिबेला सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस् भनेर भन्ने उद्देश्यले केही नीतिगत कार्यक्रमगत निर्णयहरू हामीले गरेका छौँ । राष्ट्रिय उत्पादकहरू बढाउने र विशेष रूपले अभियानका रुपमा तयारीमा लागेका छौँ । राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ,’ मन्त्री बडूले भने ।
 
उनले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गरे । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया