प्रेस युनियनको अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना हुँदैछ । 

उनी युनियनको कार्यसमितिको कोषाध्यक्ष छन् । आज आयोजित कार्यक्रममा उनले विभिन्न कार्ययोजनाका साथ आफूले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

ती कार्ययोजनामा पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि निरन्तर पैरवी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तार छन् । 

‘म प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । श्रमजीवी पत्रकारको साझा संस्था युनियनको गरिमालाई अझ माथि उठाउनका लागि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, युनियनको निर्धारित समयमा महाधिवेशन, युनियनको सचिवालय चुस्त बनाउनेछु । पत्रकारको व्यावसायिक दक्षता बढाउनेछ,’ अधिकारीले भने ।

आफू सधैँ श्रमजीवी पत्रकारका साथमा रहेको उल्लेख गर्दै उनले यसका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा सक्रिय अधिकारी २०५८ देखि विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारितामा क्रियाशील छन् । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया