काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपराह्न आगलागी भएको हो ।
आगो दमकलको सहायताले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएका छन् । काठमाडौं महानगर मेयर बालेन शाह उपमेयर सुनिता डंगोललगायतका जनप्रतिनिधिहरू पनि आगलागीस्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।