सुडानमा २० वर्षीय युवतीलाई मृत्युदण्ड

सुडानमा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।  सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीय मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपिल गरेकी छिन् । 

पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको  र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।

सुडानमा इस्लामिक कानुनमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ । दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ । गत वर्ष देशको सेनाले सत्ता कब्जा गरेपछि सुडानमा महिला अधिकार कटौती भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त हुन थालेका छन् ।

युगान्डामा रहेको अफ्रिकी सेन्टर फर जस्टिस एण्ड पिस स्टडीज (एसीजेपीएस)ले तिराबलाई तत्काल र बिना शर्त रिहाइ गर्न आह्वान गरेको छ । सरकारले घरेलु र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएको छ ।  





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ११:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया