नेपालमा जन्म भएका सबैले नेपाली नागरिकता पाउनुपर्छ : मीनेन्द्र रिजाल

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताउनएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् । 

एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेसी होइन, विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने उनले दाबी गरे । सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । 

साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भनरे मानिसहरु पर्खिएर बसेको बताउँदै रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने बताए । 

सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट वन्चित हुनुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया