नेपालमा धेरै राजनीतिक दलको आवश्यकता छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक ध्रुवीकरण अपरिहार्य भए मात्र देशको विकास हुने बताएका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् ।  

‘दुनियाँमा कहीँ पनि गठबन्धनको माध्यमबाट राष्ट्रले समृद्धि हासिल गरेको इतिहास पढ्न पाउँदैनौँ । गठबन्धन भनेको एक प्रकारले संकटको व्यवस्थापन मात्रै हो, समृद्धिको आधार होइन,’ प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने ।

उनले गठबन्धनले राजनीतिक अस्थिरता, वैदेशिक चलखेललाई निम्ताएको पनि आरोप लगाए । ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरूको सौदाबाजी, राजनीतिक अस्थिरता, वैदेशिक चलखेललाई निम्ताएको छ । समृद्धिको बाटोमा हिँड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । अब मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यकता छैन,’ पोखरेलले भने ।
 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १०:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया