व्यक्तिगत काम नगर्दा मेराे बदनाम गरियाे : बझाङ प्रहरी प्रमुख

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी प्रवीण धितालले जुवा खेलाउन निर्देशन दिएको भनेर गरिएको प्रचारको खण्डन गरेका छन् । स्थानीय पत्रकार सम्राट सिंहको उक्साहटमा लागेर केहीले आफूविरुद्ध ज्ञापनपत्र बुझाउने त केहीले विज्ञप्ति निकाल्ने काम गरेको भन्दै आफूविरुद्धको आरोपमा कुनै सत्यता नभएको बताए ।

आफूले जिम्मेवारी सम्हालेसँगै अवैध कार्यमा कडाइ गरेको र त्यसपछि सिंह आफूविरुद्ध अनावश्यक प्रचारमा लागेको आरोप उनको छ । डिएसपी धिताल भने आफूले जुवाडे पक्राउ गर्न बनाइएको योजनाको अडियो बाहिरिएको र त्यसलाई अतिरन्जित गरेर अफवाह फैलाएको बताउँछन् । 

भदौयता मात्र प्रहरीले जुवा खेल्ने र खेलाउने गरी २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ उनको दाबी छ । स्थानीय पत्रकार सम्राट सिंहले पत्रकारितासँगै बालुवाखानी सञ्चालन गर्ने, अवैध काठ ओसारपसार गर्ने गरेको धितालले बताए । 

 ‘केही समयअघि मात्र उनले  निजी ट्याक्टरमा अवैध काठ ओसार–पसारमा गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गर्न जाँदा काठ फ्याकेर उम्किन सफल भएका थिए । उनले भने– पटक–पटक सो विषयमा आफूसँग कुरा गरेको र अवैध कार्य गर्न असहमति जनाएपछि उनले सञ्चारमाध्यमको पहुँच देखाएर आफूविरुद्ध खनिए ।’





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १४:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया