लाग्यो साउन, लगाउने होइन त मेहन्दी र हरियो चुरा [फोटो फिचर]

साउन महिना सुरु भएसँगै बजारमा हरियो पोतो किन्न र मेहन्दी लगाउनेको चहलपहल सुरु भएको छ । विशेष गरी अविवाहित किशोरीमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको हो । 

साउन महिनामा चुरा र मेहन्दीको माग उच्च हुने व्यवसायी बताउँछन् । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको मानिने जनविश्वास बढ्दै गएको छ । 

साउन महिनामा भगवान् शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्दछन् ।





 

  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १७:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया