हरिहर खनालको ‘सहिदगेटकी आमा’ लोकार्पण

काठमाडौँ- साहित्यकार, अनुवादक तथा साहित्यिक पत्रकार हरिहर खनालको नयाँ कथासङ्ग्रह ‘सहिदगेटकी आमा’ लोकार्पण गरिएको छ । लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित विशेष समारोहमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (मोहन वैद्य ‘किरण’), वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाई, समालोचक प्रा.डा. गोपिन्द्र पौडेल तथा शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा रुपमा पुस्तक लोकार्पण गरेका हुन् । 

पुस्तक माथि टिप्पणी गर्दै चैतन्यले कथा समसामयिक रहेको र पढ्न लायक रहेको तथा पुस्तकमा प्रगतिशिल र जीवनोपयोगी कथाहरुसमेत रहेको बताए । निनु चापागाईंले कथा सङ्ग्रहमा एकाध कथाहरू केही कमजोर भए पनि अन्य कथाहरू भने उत्कृष्ट र केही न केही सन्देश बोकेको बताए । प्रा.डा. गोपिन्द्र पौडेलले राणाकालदेखि आजसम्मको विषयवस्तु कथामा रहेको र समकालीन साहित्यमा चासो राख्ने सबैको लागि सङ्ग्रह रुचीकर रहेको बताए । 

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार दिनानाथ शर्मा र राजनीतिज्ञ डा.सूर्यराज आचार्यले शुभकामना मन्तव्य रोखे । रमेश शुभेच्छुले सञ्चालन गरेको कार्यक्रममा प्रकाशक पुष्पराज पौडेलको धन्यवाद ज्ञापन सहित समापन गरे । खनालको १३ औं कथाकृतिको रूपमा आएको यस सङ्ग्रहमा १४ वटा कथा समेटिएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २९९/– रहेको छ ।   





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १४:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया