सेयर बजारमा सातामा एक अर्ब ८५ करोडको कारोबार

काठमाडौं– धितोपत्र बजारमा यस साता विभिन्न १ सय ६९ कम्पनीका ५३ लाख ८४ हजार ६ सय ३४ कित्ता सेयर एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६ सय ४६ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएका छन् । 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कारोबारमापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १ सय ८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १ सय ७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार १ सय ८७ दशमलव ७७ बिन्दुमा पुगेको हो । 

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १ सय ७५ दशमलव शून्य पाँच बिन्दुमा कायम रह्यो । उक्त दिन कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७ सय ८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार ७ सय ६ मूल्यमा खरिद–बिक्री भए । 

यस्तै, गत सोमबार कारोबारमापक नेप्से परिसूचक ११ दशमलव ७४ बिन्दुले बढेर एक हजार १ सय ८६ दशमलव ८० बिन्दुमा पुग्यो । उक्त दिन कुल १ सय ५८ कम्पनीको आठ लाख पाँच हजार ६ सय १ कित्ता सेयर २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ मूल्यमा खरिद–बिक्री भएका छन् । 

यस्तै, साताको तेस्रो दिन सेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भयो । कारोबार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १ सय ९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १ सय ५८ कम्पनीको आठ लाख ३५ हजार २ सय ३९ कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० मा खरिद–बिक्री भए ।

यस्तै, बुधबार नेप्से परिसूचक सात दशमलव ५७ बिन्दुले घटेर एक हजार १ सय ८७ दशमलव ९७ बिन्दुमा झर्यो । कुल १ सय ६९ कम्पनीको १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ मूल्यमा खरिद–बिक्री भए । 



यस्तै, साताको अन्तिम दिन कारोबारमापक नेप्से परिसूचक शून्य दशमलव दुई बिन्दुले घटेर एक हजार १ सय ८७ दशमलव ७७ बिन्दुमा सीमित भयो । कुल १ सय ६४ कम्पनीको आठ लाख ३५ हजार ८ सय २६ कित्ता सेयर रु २८ करोड ७७ लाख ५० हजार ३ सय २१ मूल्यमा खरिद–बिक्री भए । 



  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १५:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया