बर्दिबासमा कार्यालयमै वडाअध्यक्षमाथि कुटपिट
वडाध्यक्ष राम किशोर साह

वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिबास नगरपालिका-१२ का वडाध्यक्ष राम किशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढङ्गबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्रही ढङ्गले दुर्व्यवहारको घटना गराएको आरोप लागेको छ ।

वडाध्यक्ष साहले आइतबार नै पीडक हरू विरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् । अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ ।

हातपात गर्ने क्रममा वडाध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको स्थानीयले बताएका छन् । वडा नम्बर १२ को वडा कार्यालयमा स्थानीयहरू सँग छलफल भइरहेका वेला २९ असारमा आक्रमण भएको थियो । 





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १३:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया