दुई वर्ष भित्र भूमिसँग सम्बन्धी सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बोल्दै उनले त्यस्तो बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवा चरुवा लगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेको दाबी गरिन्। उनले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रूपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताइन्। मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन श्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताइन् । उनले सरकार विकास तथा सीमान्तकृत, पिछडिएको वर्गको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढी रहेको बताइन् । 

उनले भनिन्, ‘करिब दुई दशक अघिसम्म नेपालका केही स्थानमा कमैया, हलिया, कमलरी, हरुवा चरुवा लगायत विभिन्न नामले चिनिने कमैया श्रमिक राख्ने कुप्रथा कायम थियो । राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हक, तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोक कल्याणकारी राज्य स्थापना गर्ने नै हो । सोही अनुरूप हामी समाजमा विद्यमान धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने दिशामा अघि बढेका छौँ ।’ 

मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोक कल्याणकारी राज्य स्थापना गर्ने रहेको पनि बताइन् ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १४:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया