दार्चुलामा २० वर्षीय महिला मृत फेला

दार्चुलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने २० वर्षीया रोशनी महरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनी विवाहित हुन् । 

महरा केही समयदेखि माइती घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १८:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया