क्यान्सरको उपचारमा फलदायी हुन सक्छ नयाँ ‘स्टिम सेल’ प्रविधि

लस एन्जलस– वैज्ञानिकहरुले ‘प्लुरिपोटेन्ट स्टिम सेल’लाई परिपक्व ‘टी सेल’मा बदल्न सक्ने नयाँ प्रविधिको विकास गरेका छन्, जुन क्यान्सर तथा ट्युमरको उपचारमा प्रभावकारी हुन सक्छ । 

अमेरिकाको लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका सोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेका हुन् । यो प्रविधिबारे ‘स्टिम सेल’मा प्रकाशित सोधमा चर्चा गरिएको छ ।

टी सेल प्रतिरक्षा प्रणालीका कोष हुन्, जो संक्रमणसँग लड्दछन् । साथै, यी कोषमा क्यान्सरका कोषिकालाई नष्ट गर्ने क्षमता हुन्छ । 

सोधका अनुसार, यस प्रविधिको मद्दतले शरीरमा आफैँ बन्ने प्लुरिपोटेन्ट स्टिम सेललाई टी सेलमा परिणत गर्न सकिन्छ । यसरी टी सेलको निर्माण गर्ने प्रविधि क्यान्सरको उपचारमा फलदायी बन्ने सोधकर्ताहरुको विश्वास छ । 

सोधकर्ताहरुका भनाइमा यो अध्ययनबाट एचआइभी र भाइरल संक्रमणजस्ता स्वप्रतिरक्षित रोगहरुमा गर्न सकिने ‘टी थेरापी’माथि थप अध्ययन गर्नसमेत प्रेरणा मिल्छ ।





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार २०:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया