नेकपा प्रवेश गर्दै पूर्वसांसद भुसालले भने– कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, नेकपाले गर्न सक्छ

काठमाडौं– नेपाली कांग्रेस चितवनका पूर्वअध्यक्ष तथा पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुसाललाई स्वागत गरे । 

भुसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । उनी २०५० सालमा राष्ट्रिय सुकुमबासी अयोगका अध्यक्ष भएका थिए भने २०५१ सालको आमनिर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।  

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ,’ उनले भने । 





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १९:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया