अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेयक पारित गरेको हो ।
दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २६७ र विपक्षमा १५७ मत परेको थियो । तर, विधेयक सिनेटबाट पारित हुने बारेमा अनिश्चित छ ।
विधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्रयाटिकहरू सँगै सामेल भएका थिए । विधेयकको पक्षमा उनीहरू सहभागी हुँदा सदनमा तालीको गडगडाहट सुनिएको थियो ।
१०० सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रयाट छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवाहलाई पनि सुरक्षा प्रदान गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।